+
+
Shares

४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला विमानस्थलमा परिन् पक्राउ

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १७:०४

१४ फागुन, काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाटै पक्राउ गरेको हो ।

भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् । उनको झोलामा विभिन्न व्यक्तिका ४८ थान राहदानी भेटिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?