+
जय ट्रफी क्रिकेट :

बलिङमा करण र ललित तथा ब्याटिङमा भुर्तेल चम्किँदा बागमतीविरुद्ध पुलिस अग्रतामा

२०८२ फागुन  १४ गते १८:०१ २०८२ फागुन १४ गते १८:०१
बलिङमा करण र ललित तथा ब्याटिङमा भुर्तेल चम्किँदा बागमतीविरुद्ध पुलिस अग्रतामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा बागमती प्रदेशविरुद्ध पहिलो दिन ४९ ओभरमा ४ विकेट गुमाएर २४५ रन बनाएको छ।
  • कुशल भुर्तेलले ८४ बलमा ९६ रन बनाएर आउट भए भने करण केसीले १३ ओभरमा ४ विकेट लिए।
  • बागमती प्रदेशले टस हारेर पहिले ब्याटिङ गर्दै ५३.५ ओभरमा १८५ रनमा अलआउट भएको थियो।

१४ फागुन, काठमाडौं । बलिङमा करण केसी र ललित राजवंशीको शानदार प्रदर्शन अनि ब्याटिङमा कुशल भुर्तेलको आक्रामक इनिङ मद्दतमा नेपाल पुलिस क्लबले जय ट्रफीमा बागमती प्रदेशविरुद्ध पहिलो दिनको समाप्तिमा अग्रता कायम गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलको पहिलो दिन सकिँदा नेपाल पुलिसले ४९ ओभर खेलेर ४ विकेट गुमाउँदै २४५ रन बनाएको छ । पुलिसले बागमतीको १८५ रनको योगफल पार गर्दै ६० रनको अग्रता बनाएको छ ।

कुशल भुर्तेलले ८४ बलमा ९६ रन बनाएर आउट भए । शतकबाट उनी ४ रनले मात्र चुके । शंकर राना ४८ तथा अमित श्रेष्ठ ३९ रन बनाएर आउट भए । दिल्साद अली ३९ तथा कप्तान आरिफ शेख १७ रनमा नटआउट छन् ।

बागमतीका लागि इशान पान्डेले २ विकेट लिँदा सन्दीप लामिछाने र गौतम केसीले १-१ विकेट लिएका छन् ।

त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५३.५ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।

८४-८ को दयनय अवस्थाबाट बिपिन आचार्यले अविजित ४६ तथा सूर्य तामाङले २४ अनि गौतम केसीले २१ रन बनाएर सम्मानजनक योगफलसम्म पुर्‍याए । त्यसअघि इशान पान्डेले ४१ रन बनाए ।

पुलिसका करण केसीले १३ ओभरमा २७ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले ३ तथा सागर ढकाल, राशिद खान र कुशल भुर्तेलले १-१ विकेट लिए ।

जय ट्रफी क्रिकेट नेपाल पुलिस क्लब बागमती प्रदेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय