+
+
Shares

दलीय ब्रह्मलुट भत्काएर सुशासनको जग बसाल्न चुनावमा होमिएका छौं : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बह्रमलुटको संरचना भत्काएर नयाँ सुशासनको जग बसाल्न चुनावमा होमिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बह्रमलुटको संरचना भत्काएर नयाँ सुशासनको जग बसाल्न चुनावमा होमिएको बताएका छन्।
  • उनले दोहोनको दलीय सिन्डिकेट खारेज गर्न रास्वपा आएको र पुराना दलहरू फेरि त्यही संरचना बोकेर आएका बताएका छन्।
  • उनले ५-७ वर्षभित्र १ सय अर्बको अर्थतन्त्र बनाउने, शिक्षक र स्वास्थ्यकर्मीलाई आफ्नो पेशामा सीमित गर्ने योजना सुनाएका छन्।

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बह्रमलुटको संरचना भत्काएर नयाँ सुशासनको जग बसाल्न चुनावमा होमिएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘ब्रह्मलुटको संरचना भत्काएर संरचनाको जग बसाल्न आएका छौं । हामीलाई बहुमत दिनुहोस्,’ उनले भने ।

उनले दोहोनको दलीय सिन्डिकेट खारेज गर्न रास्वपा आएको पनि बताए ।

‘राज्यको हरेक निकाय निकम्मा राजनीतिक कब्जामा छ । दोहोनको दलीय सिन्डिकेट खारेज हुनै पर्छ । पुराना दलहरू फेरि त्यही संरचना बोकेर तपाईंहरू माझ आएका छन्,’ उनले भने, ‘हामीलाई थाहा छ परजीवीहरू आधा समस्या समाधान भएर जानेछन् ।’

उनले पार्टीको केही योजना पनि सुनाए ।

यस्ता छन् उनले सुनाएका योजनाहरू
– ५-७ वर्षभित्र १ सय अर्बको अर्थतन्त्रको बनाउने – शिक्षकहरू शिक्षकमात्रै हुनेछन् ।
– स्वास्थ्यकर्मीहरू स्वास्थ्यकर्मी मात्रै हुनेछन् ।
– चितवनका उद्योग र देशभर काम गरिरहेका मजदुरलाई सन्देश – काम गर्दा ज्याला समयमै नपाउने । हामी तपाईंहरूको भरोसा बन्छौं ।

किसानबारे
– रातदिन परिश्रम गरेर कमाउने किसानलाई धनी बनाउने आधार खडा गर्नेछौँ ।
– कृषिलाई सहयोग हुने व्यापार सम्झौता गर्नेछौँ । – ऐन सुधार गर्नेछौँ

निजी क्षेत्रबारे
– तपाईंहरूको सम्पत्तिको जिम्मा हाम्रो । तपाईंहरू लगानी गर्न तयार हुनुस् ।
– राजनीतिक दल र निजीक्षेत्रबीचको अपवित्र साँठगाँठ अब सफल हुँदैन ।

प्रवासबारे
– विदेशमा भएकाहरूलाई देशमा फर्काएर लगानी गर्ने काम गर्ने वातावरण गर्न हामी लागि परेका छौँ ।
– जहाँ हुनुहुन्छ त्यहीँ हुनुहुन्छ त्यहीँबाट लगानी गर्न सक्नुहुनेछ । अपनत्वको पूर्ण ग्यारेन्टी हामी गर्नेछौँ ।
– तपाईंहरूमाथि अनेक डर देखाउन थालिएको छ । तपाईंहरू एक रत्ति नहल्लिनुहोस् । हामी यो देश बनाउछौं । हाम्रो स्वाभिमान उठाउनेछौँ ।
– बलियो राष्ट्र बनाउनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?