+
+
Shares

इरानले भन्यो- छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २१:५७

१६ फागुन, काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी ‘इस्लामिक रिपब्लिक न्युज एजेन्सी’ (आईआरएनए) का अनुसार, एउटा छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

एजेन्सीले देशको शिक्षा मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि एजेन्सीले यो आक्रमण इरानको दक्षिणी होर्मोज्गान प्रान्तको मिनाब काउन्टीमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको बताएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ताले एजेन्सीलाई बताएअनुसार शनिबार उक्त विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण’ भएका थिए । यस आक्रमणमा ६३ जना घाइते भएको पनि उनले बताए ।

अहिले अन्य सम्भावित पीडितहरूको खोजी गर्न विद्यालयबाट भग्नावशेष हटाउने काम भइरहेको प्रवक्ताले जानकारी दिए ।

उता, अलजजिराले भने अर्ध-सरकारी ‘तस्निम’ समाचार एजेन्सीलाई उद्धृत गर्दै दक्षिणी होर्मोज्गान प्रान्तको मिनाबमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा इजरायलले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या अहिले ८५ पुगेको उल्लेख गरेको छ ।

यस सङ्ख्याको तत्काल स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?