+
+
Shares

मतगणना स्थलमा सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत छ : मन्त्री इङ्‍नाम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १३:३८

१७ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्‍नामले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको बताएका छन् ।

मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचन अवधिको लागि सुरक्षा संवेदनशिलता अनुसार रणनीति तय भएर कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले भने, ‘विगतमा मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठेका थिए । त्यस्तो प्रश्न उठ्न नदिन सरकार सतर्क छ ।’

निर्वाचन मार्फत मुलुकलाई अगाडि बढाउन सबै सजग रहेको आफूले पाएको पनि उनले बताए ।

‘भदौ २३ र २४ गतेको आन्दोलनको एउटा मर्म छ । त्यो भन्दा अगाडिका असन्तोष आदिको पनि निर्वाचन मार्फत सम्बोधन गर्न सकियोस्,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न बाँकी नरहेको बताए । बरु झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइरहेको उनले बताए ।

भण्डारीले भनेका छन्, ‘झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइरहेको छ । हामीले नियमन र नियन्त्रणका लागि काम गरिरहेका छौं,’ भण्डारीले भनेका छन्, ‘तथापि सञ्चार जगतको पनि गलत प्रचार रोक्न भूमिका अपेक्षा छ ।’

उनका अनुसार एआईसिर्जित डिपफेक सामग्रीको प्रचार ज्यादा छ । निर्वाचन आयोगको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ हानिकारक सूचना ट्र्याक गरिएको छ ।

ट्र्याक गरिएका त्यस्ता सूचनाउपर कारबाही प्रक्रिया अगाडि बढेको छ ।

विधुतीय कारोबार ऐन २०६३ आकर्षित हुनेको हकमा कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ ।

निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । प्रेस काउन्सिल ऐन २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?