+
+
Shares

निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:१७

१९ फागुन, काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ ।

आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको थियो ।

‘निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ,’ प्रवक्ता डा. पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मौन अवधि सुरु भैसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन र सहभागी हुन आयोग सम्पूर्ण राजनीतिक दललाई समेत मानव अधिकार आयोगले आग्रह गरेको छ ।

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ऋायोगले निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन समेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

‘निर्वाचनको अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरुका लागि सवारी साधन तथा हवाई उडान जस्ता अत्यावश्यक सेवाहरुलाई सुचारु रुपले सञ्चालन गर्न गराउन समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?