News Summary
Generated by OK AI. Editorially reviewed.- परमाउन्टका सीईओ डेभिड एलिसनले मर्जरपछि प्यारामाउन्ट प्लस र एचबीओ म्याक्सलाई एउटै स्ट्रिमिङ प्लेटफर्ममा गाभिने जानकारी दिनुभएको छ।
- दुवै प्लेटफर्ममार्फत विश्वका १०० भन्दा बढी देशमा २० करोडभन्दा बढी प्रत्यक्ष ग्राहक छन्, तर संयुक्त सेवा सुरु भएपछि संख्या घट्न सक्ने अनुमान छ।
- परमाउन्टले वार्नर ब्रदर्स डिस्कभरीको डब्ल्युबीडी स्वामित्वमा रहेको सीएनएन पनि अधिग्रहण गर्नेछ र केबल सम्पत्ति बिक्री गर्ने योजना छैन।
अब कुरा केवल टिभीको होइन, एचबीओ र प्यारामाउन्ट प्लसको पनि हो ।
वार्नर ब्रदर्स डिस्कभरीलाई खरिद प्रतिस्पर्धामा जितेपछि भएको पहिलो लगानीकर्ता बैठकमा परमाउन्टका सीईओ डेभिड एलिसनले मर्जरपछि प्यारामाउन्ट प्लस र एचबीओ म्याक्सलाई एउटै स्ट्रिमिङ प्लेटफर्ममा गाभिने जानकारी दिएका छन् ।
सोमबार बिहान उनले भने, ‘आगामी वर्षहरूमा हामी दुवै कम्पनीका स्ट्रिमिङ पोर्टफोलियोलाई एउटै बलियो प्लेटफर्ममा रूपान्तरण गर्नेछौं । अहिले यी दुई प्लेटफर्ममार्फत विश्वका १०० भन्दा बढी देश र क्षेत्रमा २० करोडभन्दा बढी प्रत्यक्ष ग्राहक (डीटीएस सब्स्क्राइबर) छन् ।’ यो संयोजन स्ट्रिमिङ प्रतिस्पर्धाको इतिहासमै सबैभन्दा ठूलो एकीकरणमध्ये एक मानिएको छ ।
२० करोडको यो संख्या संयुक्त सेवा सुरु भएपछि घट्न सक्ने अनुमान छ, किनकि दुवै प्लेटफर्मका धेरै ग्राहक एउटै हुन सक्छन् । परमाउन्टले चौथो त्रैमासिकको अन्त्यसम्म ७८.९ मिलियन प्रत्यक्ष ग्राहक रहेको जनाएको छ भने वार्नर ब्रदर्स डिस्कभरीसँग १३१.६ मिलियन सब्स्क्राइबर छन्।
सन्दर्भका लागि, जब वार्नर ब्रदर्स डिस्क्भरी र नेटफ्लिक्सबीच मर्जर वार्ता भइरहेको थियो, नेटफ्लिक्सका सह-सीईओ टेड सरान्डोसले कानून निर्मातासमक्ष ८० प्रतिशत एचबीओ म्याक्सका ग्राहकसँग नेटफ्लिक्स पनि रहेको बताएका थिए । नेटफ्लिक्सले हालै आफ्नो ग्राहक संख्या ३२५ मिलियन नाघेको जानकारी दिएको छ ।
यदि एचबीओ म्याक्स र प्यारामाउन्ट प्लस एकीकृत भए, भने दुवै कम्पनीका लोकप्रिय फ्रेन्चाइज एउटै प्लेटफर्ममा आउनेछन् । एचबीओका ‘ग्रेम अफ थ्रोन्स’ र ‘द सोप्रानोज’ देखि परमाउन्टका ‘यल्लो स्टोन’ र ‘स्टार ट्रेक’ सम्मका चर्चित शीर्षक एउटै छातामुनि रहनेछन् ।
नयाँ संयुक्त स्ट्रिमरको नामबारे एलिसनले केही संकेत दिएका छैनन् ।तर यसले वार्नर ब्रदर्सको स्ट्रिमिङ सेवामा फेरि एकपटक रिब्रान्डिङ हुनसक्ने सम्भावना छ । उल्लेखनीय छ, यही गर्मीमा मात्रै ‘म्याक्स’ नाममा दुई वर्ष बिताएपछि सेवा फेरि ‘एचबीओ म्याक्स’ मा फर्काइएको थियो । त्यसअघि ‘एचबीओ नाउ’ र पहिलो संस्करण ‘एचबीओ म्याक्स’ का का रूपमा पनि परिचित थियो ।
विलय प्रक्रियाको एक भागका रूपमा परमाउन्टले हाल डब्ल्युबीडीको स्वामित्वमा रहेको सीएनएन पनि अधिग्रहण गर्नेछ । सोमबारको बैठकमा एलिसनले विश्लेषकलाई केबलसम्बन्धी सम्पत्ति बिक्री गर्ने कुनै योजना अहिले नभएको स्पष्ट पारेका छन्, अर्थात् कम्पनीले केबल सम्पत्ति बेच्ने तयारी गरेको छैन ।
प्रतिक्रिया 4