News Summary
Generated by OK AI. Editorially reviewed.- ९८ वर्षीय बालानन्द खतिवडाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा मतदान गरेका छन्।
- मुलपानीको राष्ट्रिय निर्माण मावि मतदान केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ।
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत पाँच दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
२१ फागुन, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा ९८ वर्षीय वृद्ध बालानन्द खतिवडाले मतदान गरेका छन् ।
मुलपानीको राष्ट्रिय निर्माण मावि मतदान केन्द्रबाट ९८ वर्षीय खतिवडाले मतदान गरेका हुन् ।
यो मतदान केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । यहाँ नेपाली कांग्रेसबाट कवीर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाँल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय) उम्मेदवार छन् । गत निर्वाचनमा यो क्षेत्रमा रास्वपा नेतृ सोविता गौतम विजयी भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4