News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका-६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा मतपेटिका गुम्बामै लैजानुपर्ने मागले विवाद चर्किएको छ।
- हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा नहुने बताएपछि विवाद भएको खुलाउनुभयो।
- यहाँ २९३ मतदातामध्ये १६४ ले मतदान गरिसकेपछि केही व्यक्तिहरूले गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद भएको छ।
२१ फागुन, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा विवाद चर्किएको छ ।
यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा हुने खालको नभएको बताएपछि विवाद भएको बताए ।
‘यहाँ २९३ मतदातामध्ये १६४ ले मतदान गरिसकेपछि केही व्यक्तिहरूले गुम्बामै मतपेटिका लैजानुपर्ने माग गरेपछि विवाद भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो पूरा हुने माग होइन । निर्वाचन कर्मचारीहरूले समाधानका लागि पहल गरिरहनु भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4