११ फागुन, हुम्ला । आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका-५ काे ४ हजार ९४९ मिटर उचाइमा रहेकाे नारा लेककाे हिउँ पन्छाएर सडक खुलाउने काम सुरु गरिएको छ ।
हिमपातले अवरुद्ध भएकाे नारा लेकको सडक हिउँ पन्छाएर लिमीका मतदाताहरूलाई आउजाउ गर्न सहज बनाउन लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार हिल्सा सिमकाेट सडक याेजनाबाट स्काइभेटरसहित नारा लेककाे हिउँ पन्छाउन गइसकेको जनाएको छ ।
नाम्खा गाउँपालिका-५ काे ठाडाढुंगासम्म केही दिनअघि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा १३ किलोमिटर हिउँले ढाकेको सडक पन्छाउनुपर्ने अवस्था थियो ।
१३ किलोमिटर दुरीकाे हिउँ पन्छाएपछि मतदाताहरूलाई हिल्सासम्म आउजाउ सहज हुने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।
प्रतिक्रिया 4