+
+
Shares

हुम्ला पुग्यो निर्वाचन सामाग्री

नेपाली सेनाको स्काई ट्रकबाट मतपेटिका, सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री आएको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले जानकारी दिए ।

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन ९ गते १६:१२

९ फागुन, हुम्ला । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि देशको सबैभन्दा दुर्गम जिल्ला हुम्लामा निर्वाचन सामाग्री आइपुगेको छ । नेपाली सेनाको ‘स्काई ट्रक’मार्फत शनिबार निर्वाचन सामाग्री हुम्ला पुगेको हो ।

नेपाली सेनाको स्काई ट्रकबाट मतपेटिका, सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री आएको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले जानकारी दिए ।

हुम्लामा थप १९६ मतपेटिका आवश्यक रहेको बताउँदै यसअघि २३५ वटा जिल्लामै रहेको बताए । एउटा मतदान केन्द्रमा तीन वटा मतपेटिका आवश्यक रहेको उनले बताए ।

हुम्लामा १८ हजार २१ जना पुरूष, १६ हजार ३५१ जना महिला गरि कुल ३४ हजार ३७२ जना मतदाता छन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?