९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् ।
पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय नेतामा पर्दछन् । उनले रास्वपाका जिल्ला सभापतिलाई लेखिएको राजीनामा पत्रमा पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् ।
‘आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शीता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म यस सुस्ता गापाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ ठकुरीले पत्रमा लेखेका छन् ।
सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा पर्दछ । यहाँ रास्वपाले विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।
खनाल नेपाली कांग्रेसको लुम्बिनी कार्यसमितिका पूर्वमहामन्त्री हुन् । कांग्रेसले उनलाई गत असारमा एक वर्षका लागि पार्टी सदस्य नरहने गरी निष्कासन गरेको थियो ।
यो क्षेत्रमा कांग्रेसबाट उद्योगपति विनोद चौधरी उम्मेदवार छन् । यस्तै नेकपा एमालेले रामप्रसाद पाण्डेय र नेपाली कम्युनिस्ट पार्टीले सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया 4