+
+
Shares

सुनसरीमा ३ बजेसम्म खस्यो ५० प्रतिशत मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चारै निर्वाचन क्षेत्रमा २१ फागुन दिउँसो ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको छ।
  • प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र झुम्का कारागारमा रहेका १४९ कैदीबन्दीमध्ये ७७ जनाले मतदान गरेको बताए।
  • सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् र १६७ मतदान स्थल तथा ६२४ मतदान केन्द्र तोकिएका छन्।
२१ फागुन, सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ ।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘अहिलेसम्म चारवटै निर्वाचन क्षेत्रमा गरी ५० प्रतिशत भन्दा बढी मत खसिसकेको  छ ।’
उनका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्र मध्ये कैदीबन्दीका लागि सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १४९ मध्ये ७७ जनाले मतदान गरेको प्रजिअ घिमिरेले बताए ।
सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् । दुई वटा अस्थायी मतदान केन्द्र सहित १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?