+
+
Shares

विष्णु पौडेलमाथि सुलभ हावी, सुरुवातमै फराकिलो मतान्तर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका सुलभ खरेलले एमाले उम्मेदवार विष्णु पौडेललाई प्रारम्भिक गणनामा दुई हजार बढी मतले पछि पारेका छन्।
  • खरेलले अहिलेसम्म चार हजार ७४ मत पाएका छन् भने पौडेलले ८४५ मत प्राप्त गरेका छन् र कांग्रेसका चुन्नप्रसाद शर्मा ५०४ मतमा छन्।
  • रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता रहेका छन् र बुटवल उपमहानगरपालिका–१ तथा तिलोत्तमा वडा नं १ मा खरेलले फराकिलो अग्रता लिएका छन्।

२२ फागुन, बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।

प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।

खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।

बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्वदीप पाण्डेले ८ मत पाएका छन् ।

तिलोत्तमा वडा नं १ मा  रास्वपाका सुलभ खरेलले  २७ सय ८१  मत पाएका छन् । यहाँ विष्णु पौडेलले ६०९ मत पाएका थिए भने नेकपाका विश्वदीपले ३५ मत पाएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा  एकलाख ३५ हजार ५० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?