News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान ११:४० बजे मुख्य निर्वाचन अधिकृत कार्यालयमा सुरु गरिएको छ।
- निर्वाचनपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि सर्वदलीय बैठकले बिहान १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
- धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ५४ दशमलब ४५ प्रतिशतले मतदान गरेका छन् र १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
२२ फागुन, धनकुटा। धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान ११ : ४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । धनकुटामा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
धनकुटामा रहेका १ सय १९ मतदान स्थलमा रहेका १ सय ६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो । धनकुटामा रहेका १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ५४ दशमलब ४५ प्रतिशत मात्र मत खसेको थियो ।
अर्थात् ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका थिए ।
प्रतिक्रिया 4