+
+
Shares

कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङको जित सुनिश्चित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङको जित सुनिश्चित भएको छ।
  • उनले ५६ हजार १३२ मत गणना हुँदा ३२ हजार ११२ मत पाएकी छन् र २४ हजार २० मतान्तरले अगाडि छन्।
  • उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २५७ मत ल्याएका छन् र निर्वाचन कार्यालयले मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ।

२२ फागुन, काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङको जित सुनिश्चित भएको छ ।

यहाँ ६५ हजार ४ सय ७ मत खसेको छ । अब गणना गर्न बाँकी मतभन्दा उनले बनाएको मतान्तर बढी भएसँगै उनको जित निश्चित भएको हो ।

५६ हजार १३२ मत गणना हुँदा बिनाले ३२ हजार ११२ मत ल्याएकी छन् । ९ हजार २७५ मत गणना गर्न बाँकी छँदा बिना २४ हजार २० मतान्तरले अगाडि छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २५७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ६ हजार ७०२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार २७४ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले १ हजार १७९ मत ल्याएका छन् ।

बिना रास्वपाबाट गण्डकीमा एकमात्र महिला उम्मेदवार हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम सकेर घोषणाको तयारी गरेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?