+
+
Shares

चौथो प्रयासमा संसद् प्रवेश गर्दै पुकार

नेपाली कांग्रेसका सभापति गगन थापाले तीन पटक जितेको काठमाडौं–४ बाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम विजयी भएका छन् । बमले चौथो प्रयासमा संसदको यात्रा तय गरेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ फागुन २३ गते ३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले काठमाडौं–४ बाट २९ हजार २४२ मत ल्याएर विजयी भएका छन्।
  • बमले २०७० देखि निर्वाचन लड्दै आएका थिए र यसपटक क्षेत्र परिवर्तन गरेर काठमाडौं–४ बाट अत्याधिक मतसहित विजयी भएका हुन्।
  • कोरोना महामारीमा विपन्नलाई निःशुल्क खाना खुवाउने र अक्सिजन सिलिन्डर वितरणमा बमले नेतृत्वदायी भूमिका खेलेका थिए।

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन पटक जितेको काठमाडौं–४ बाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम विजयी भएका छन् । बमले चौथो प्रयासमा संसदको यात्रा तय गरेका छन् ।

बमले २९ हजार २४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८ हजार ८२४ मत ल्याए । त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई ५ हजार ७३३ मत ल्याएर तेस्रो बने ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुरेन्द्रराज भण्डारीले २ हजार २५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्र भुसालले ६५७ मत पाए ।

एमालेका प्रभावशाली नेता भट्टराई र कांग्रेसमा गगन थापाका विश्वासपात्र सचिन तिमल्सिनालाई हराएका बमले २०७० देखि निर्वाचन लड्दै आएका थिए । बमले २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट प्रतिस्पर्धा गरेका थिए । ती दुई निर्वाचनमा उनी छैटौं र तेस्रो स्थानमा आएका थिए ।

क्षेत्र परिवर्तन गरेर काठमाडौं–४ गएका उनी अत्याधिक मत सहित विजयी भएका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–४ मा उम्मेदवारी दर्ता गरेर पनि फिर्ता लिएको थियो । यस पटक भने यो क्षेत्रमा रावपाले बमलाई उम्मेदवार बनायो ।

उज्ज्वल थापाले नेतृत्व गरेको विवेकशील अभियानदेखि उनी सुशासन र सामाजिक कार्यमा क्रियाशील बनेका थिए । विवेकशील अभियान सुशासन र सामाजिक न्यायको अभियानसँगै परिणाममुखी र सुसंस्कृत राजनीतिका लागि प्रारम्भ गरिएको थियो ।

उक्त अभियानलाई उज्ज्वल थापाले दलका रूपमा विवेकशील नेपाली दल गठन गरेका थिए । यही माध्यमबाट बम वैकल्पिक राजनीतिमा संलग्न भए, जुन विवेकशील नेपाली दल नेपाली युवाले शुरू गरेको वैकल्पिक राजनीतिको इमानदार प्रयास थियो ।

उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको उक्त राजनीतिक अभियानबाट अघि बढेका उनी रास्वपाको केन्द्रीय सदस्य छन् । काठमाडौं–११, थापाथलीका बासिन्दा उनले २०७२ को महाभूकम्पपछि ‘विवेकशील नेपाली’को तर्फबाट देशभर राहत र उद्धार अभियानको नेतृत्व गरेका थिए ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका बमले गत वैशाखमा सामाजिक सञ्जालबाट अध्ययनका लागि आर्थिक सहयोगको आह्वान गरेका थिए । अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय अध्ययनका लागि सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेका थिए, जसबारे आफू पारदर्शी रहेको दाबी उनले गर्दै आएका छन् ।

२०६२–६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी त्यसयता ‘नेपाल खुला छ’, ‘नेताज्यू खबरदारः संविधान कहिले’, ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’, ‘भ्रष्टाचार विरुद्धको अभियान’, ‘इनफ इज इनफ’ र गोविन्द केसीको चिकित्सा शिक्षाको २० पटकसम्मको आन्दोलनलगायत दर्जनौं अभियान–आन्दोलनमा सहभागी भए ।

विश्वलाई हायलकायल पारेको कोरोना महामारीका बेला पीडित नागरिकप्रति राज्यलाई जवाफदेही बनाउन साथी ईः सँग पुकार पनि १२ दिन सत्याग्रह (आमरण अनसन) बसेका थिए ।

कोरोना महामारीमा विपन्न व्यक्तिहरूलाई काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउने काममा उनले नेतृत्वदायी भूमिका खेले । कोरोनाकालमा विभिन्न ठाउँमा सहयोग जुटाएर ५०० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर लिएर बिरामीहरूको घर–घर पुगे उनी । यसपटक घर–घरका मतदाताले उनलाई मत दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?