६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बलमे यसअघि पूरा गर्न नभएका विकास पूरा गर्नका लागि आफू उम्मेदवार बनेको बताएका छन् ।
काठमाडौं-४ मा रास्वपाबाट उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हिजो दिनमा जे अभियानमा छु, जस्ता मुद्दा उठाइरहेको छु, त्यसकै निरन्तरता दिन्छु,’ बलमे भने, ‘पहिलाका ले जे गर्न सकेनन्, विकास जे पुगेको छैन, त्यो गर्नलाई मेरो उम्मेदवारी हो ।’
आफूले मात्रै नभएर सिंगो टिमले नै काम गर्ने उनले बताए ।
आफ्नो पार्टीले एकल बहुमतको सरकार बनाउने योजना लिएको सुनाउँदै त्यही सपना पूरा गर्नका लागि उम्मेदवार बनेको जिकिर गरे ।
‘अहिले पार्टीले एकल बहुमतको सरकार बनाउने जुन योजना छ, त्यो सपना पूरा गर्न नयाँ उम्मेदवार भन्दा पनि यसअघि लडिसकेको, संघ बुझेको नेतालाई नै यस्तो क्षत्रमा पठाउनुपर्छ भनेपछि म यो क्षत्रको उम्मेदवार बनेँ,’ उनले भने ।
प्रतिक्रिया 4