News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले ३ सय ७७ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले ३ सय ८ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ९४ मत प्राप्त गरेका छन्।
- मतगणना शनिबार दिउँसो १ बजे सुरु गरिएको र ९ सय ८७ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।
२३ फागुन, संखुवासभा । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका कार्कीले ३ सय ७७ मत प्राप्त गर्दै सुरुवातमा अग्रता लिएका छन् । त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले ३ सय ८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ९४, नेकपाकी सरिता थापाले ५८, र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६८ मत पाएकी छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा पहिलो चरणको मत परिणाम सार्वजनिक गरिएको छ । हालसम्म मादी नगरपालिका –५ को ९ सय ८७ मत गणना गरिसकिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोृ १ बजे बाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएका ५ मतदान केन्द्रको मतपेटीका ढुवानी शनिबार बिहान मात्र सकिएको थियो । जसका कारण मत गणना समेत तीन दिनपछि सुरु गरिएको छ ।
मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4