News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने ३२ हजार ६८७ मत प्राप्त गरेर विजयी भएका छन्।
- न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोब्बर बढी मतान्तरले पछि पारेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
- तनहुँ २ मा ११ राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए र १ लाख २७ हजार ५१५ मतदाता रहेको छ।
२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।
न्यौपानेले जम्मा ३२ हजार ६८७ मत प्राप्त गरेर विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहेका न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोब्बर बढी मतान्तरले पछि पारेको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले जनाएको छ ।
यहाँ काङ्ग्रेस उम्मेदवार भण्डारीले १४ हजार १३५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केदार सिग्देलले ११ हजार ६६८ मत ल्याएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा एसबी सहित अन्य दलका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।
यो क्षेत्रमा १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा जम्मा ६६ हजार ७७२ मत खसेको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए । पौडेलले खसेको कुल मत मध्ये ६२ हजार ५७९ मत सदर र तीन हजार ५२२ मत बदर रहेको बताए ।
तनहुँ २ मा ११ राजनीतिक दलका उम्मेदवारहरुले प्रतिष्पर्धा गरेका थिए । यो क्षेत्रमा व्यास नगरपालिकाको ५ र ६ नम्वर वडासहित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाँउपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिका पर्दछ ।
तनहुँ १ बाट भने रास्वपाका उपसभापति समेत रहेका स्वर्णिम वाग्ले विजयी भैसकेका छन् । उनी तनहुँ १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
प्रतिक्रिया 4