+
+
Shares

संखुवासभामा मत बढाउँदै रास्वपा, अग्रस्थानमा एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते ६:४५

२५ फागुन, काठमाडौं । संखुवासभामा रास्वपाका उम्मेदवार मिङमा शेर्पाले मत बढाउँदै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठलाई पछि पारेका छन् ।

यो क्षेत्रमा एमालेका उम्म्दवार अर्जुन कुमार कार्कीले १० हजार १७७ मतसहित आफ्नो अग्रता जोगाइरहेका छन् । दोस्रो स्थानमा पुगेका रास्वपाका शेर्पाले ९ हजार १९४ मत ल्याउँदा तेस्रो स्थापनमा पुगेका कांग्रेसका श्रेष्ठले ७ हजार ६५९ मत प्राप्त गरेका छन् ।

यहाँ श्रम संस्कृति पार्टीका उमा कुमारी राई ५ हजार ९०४ मतसहित चौथो स्थानमा रहेकी छन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म ३७ हजार ३ सय ४८ मत गणनामा २ हजार २ सय १६ मत बदर भएको छ । गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोदेखि जारी छ ।

गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।  मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको  छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?