२५ फागुन, धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ ।
धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए ।
समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा रास्वपा, तेस्रोमा श्रम संस्कृति पार्टी, चौथोमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पाँचौ भएका छन् । धनकुटामा दोस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १४ हजार ६७९, तेस्रोमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६०, चौथोमा रहेको नेपाली कांग्रेसले ८ हजार ६५१ मत ल्याएका छन् ।
यस्तै पाँचौमा रहेको नेपाली कम्युनिष्ट पार्टीले १६३४, छैटौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १२०५ र सातौंमा रहेको जनता समाजवादी पार्टी नेपालले १०३६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिए ।
धनकुटामा अन्य ११ राजनितिक दलले सय भन्दा माथि तथा हजार भन्दा कम मत र ३९ राजनितिक दलले सम मत कटाउन नसकेको मुख्य निर्वाचन अधिकृत इङ्नामले जानकारी दिए ।
सयभन्दा माथि हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय परिवर्तन पार्टीले ५२४, (नेपाल संघीय समाजवादी पार्टीले ४ सय ८७, राष्ट्रिय जनमुक्ति पार्टीले २८३, राष्ट्रिय गौरव पार्टीले २४४ र नागरिक उन्मुक्ति पार्टी नेपालले २०४ मत ल्याएका छन् ।
यस्तै सार्वभौम नागरिक पार्टीले १५५, मंगोल नेशनल अर्गनाइजेशनले १४३, नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टीले १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया 4