+
+
Shares

बैतडीमा पाँच हजारबढी मत बदर

बैतडीमा पाँच हजारबढी मत बदर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँच हजार ११३ मत बदर भएका छन्।
  • जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले मत बदर हुन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको तर बदर मत घट्न नसकेको बताए।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन्, नेपाली कांग्रेसका चतुरबहादुर चन्द दोस्रो स्थानमा छन्।

२५ फागुन, बैतडी । बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो ।

आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

६७ हजार ७३० मत सदर भएका थिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर सोचेअनुरुप बदर मतको संख्या घट्न नसकेको उनले बताए ।

वि.स.२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभाअन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो ।

मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको सूचना अधिकारीले दयालले बताए ।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?