+
+
Shares

बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । प्रारम्भिक मत परिणामअनुसार १२ हजार ११४ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३ हजार ७२४ मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले १२ हजार ११४ मत गणना हुँदा ३ हजार ७२४ मत पाएका छन्।
  • नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३ हजार ४ मत ल्याएर हरिमोहन भण्डारीलाई ६९६ मतले पछ्याइरहेका छन्।
  • नेकपा एमालेका दामोदर भण्डारीले २ हजार ५३७ र नेपाली कम्युनिष्ट पार्टीका परमान्नद भट्टले १ हजार ६३१ मत पाएका छन्।

२३ फागुन, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । प्रारम्भिक मत परिणामअनुसार १२ हजार ११४ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३ हजार ७२४ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३ हजार ४ मत ल्याएर पछ्याइरहेका छन् । भण्डारी र चन्दबीच ६९६ को मतान्तर रहेको छ। यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले २ हजार ५३७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले १ हजार ६३१ मत ल्याएका छन् ।

१२ हजार ११४ मत गणना हुँदा बदर मत ८०७ रहेको छ । यहाँ शुक्रबार दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो । बिहीबार सम्पन्न मतदानमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?