२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् ।
दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् ।
हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार ७९६ मत पुर्याएका छन् । दुई जनाबीचको मतान्तर अब १८ मात्रै बाँकी छ ।
यसअघि रास्वपा उम्मेदवार हरिमोहनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द तेस्रो नम्बरमा झरेका छन् । उनको ६ हजार ४८४ मत छ ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमानन्द भट्टको तीन हजार ३१ मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4