+
+
Shares

विवाहमा गएका दुई किशोरी नदी किनारमा मृत भेटिए, एक बेपत्ता

उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १४:२३
एआईको सहयोगमा बनाइएको प्रतीकात्मक तस्वीर ।

२६ फागुन, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् ।

बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ बर्सिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।

जिप्रका रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिप्रसाद पुनले ती किशोरीसँगै गएकी अर्की एक किशोरी भने बेपत्ता भएको जानकारी दिए । उनका अनुसार १२ बर्सिया सपना वली बेपत्ता भएकी छन् । सपनाको खोजी भइरहेको इन्स्पेक्टर पुनले बताए ।

तीनै जना दिदीबहिनी सोमबार विवाहमा जाने भनेर घरबाट निस्किएका थिए । प्रहरीले विवाहबाट घर फर्किदा नदी तर्ने क्रममा तीनै जना बगेको हुनसक्ने अनुमान थरेको छ ।

घटनास्थलमा इन्स्पेक्टर पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट प्रहरी टोली पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।  –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?