+
+
Shares

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु   

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् ।

रासस रासस
२०८२ फागुन २७ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्।
  • सदर चिडियाखाना विसं १९८९ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले स्थापना गरेका थिए ।
  • चिडियाखानामा सबैभन्दा पुरानो हात्ती ७६ वर्षको \'पवनकली\' र सबैभन्दा पुरानो बाघ १५ वर्षको \'बगौरा\' रहेको छ।

२७ फागुन, ललितपुर । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् ।

सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याउनुभएको थियो । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।

चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुने गरेको छ । यहाँ सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । उनका अनुसार हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको ‘बगौरा’ रहेको कोइरालाले जानकारी दिए । उनका अनुसार तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको ‘बाङ्गे’ छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन् ।

कम आयु भएका जीवमा मुसा पर्दछन् । मुसाको औसत आयु पाँचदेखि छ वर्षसम्म हुने सूचना अधिकारी कोइरालाले जानकारी दिए । चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिएको उनले बताए ।

उनका अनुसार अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहारा दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका मुसा र खरायो दिने गरिन्छ । सोही कारणले जीवजन्तुको सङ्ख्यामा केही तलमाथि देखिने गर्दछ । यहाँ रहेका जीवजन्तु बिरामी परेको थाहा पाएपछि उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ ।

केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ । प्राकृतिक रूपमा जङ्गलको वातावरण उनीहरूका लागि प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?