News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीलेटी–२० विश्वकप २०२६ को लागि कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम सार्वजनिक गरेको छ।
- नेपाली क्रिकेट टोलीले सहभागिता, अन्तिम पोजिसन र एक खेल जितेबापत कुल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार पाएको छ।
- प्रतियोगिताको उपाधि जितेको भारतले २६ लाख ३९ हजार ४२३ डलर पुरस्कार पाएको छ भने उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ डलर प्राप्त गरेको छ।
२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि टिमहरूका लागि छुट्याइएको पुरस्कार रकम सार्वजनिक गरेको छ।
प्रतियोगितामा सहभागि टिमहरूलाई कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम वितरण गरिएको आईसीसीले जनाएको छ।
हरेक सहभागी टोलीले सहभागिताबापत १ लाख १२ हजार ५०० अमेरिकी डलर पाउनेछन् भने अन्तिम पोजिसनका लागि छुट्टै पुरस्कार रकम तोकिएको छ । हरेक जितका लागि ३१ हजार १५४ डलर पनि छुट्याइएको छ ।
नेपाली क्रिकेट टोलीले भने सहभागिता, अन्तिम पोजिसन र एक खेल जितेबापतको गरेर कुल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार रकम पाएको छ ।
प्रतियोगिताको उपाधि जितेको भारतले २६ लाख ३९ हजार ४२३ डलर पाएको छ। उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ डलर प्राप्त गरेको छ।
तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ डलर पाएको छ भने चौथो स्थानको इङ्ग्ल्यान्डले ९ लाख ७४ हजार ४२३ डलर प्राप्त गरेको छ।
यसैगरी सुपर ८ बाट बाहिरिएको वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९ डलर, पाकिस्तानले ५ लाख २२ हजार ६९२ डलर, जिम्बाबेले ४ लाख ९१ हजार ५३८ डलर र श्रीलंकाले ४ लाख ७५ हजार ९६२ डलर पाएका छन्।
समूह चरणबाट बाहिरिएका अफगानिस्तान, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका ले समान ३ लाख ९ हजार ८०८ डलर प्राप्त गरेका छन्।
स्कटल्यान्डले २ लाख ७८ हजार ६५४ डलर तथा आयरल्यान्ड ले २ लाख ७१ हजार ७३१ डलर पाएका छन्।
यसैगरी इटाली, नेदरल्यान्ड्स, यूएई र नेपालले समान २ लाख ५६ हजार १५४ डलर पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै क्यानडा, नामिबिया र ओमानले समान २ लाख २५ हजार डलर प्राप्त गरेका छन्।
प्रतिक्रिया 4