News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका खेलकुदमन्त्री अहमद दोन्यामालीले वर्तमान राजनीतिक अवस्थाका कारण फिफा विश्वकप २०२६ मा इरानको सहभागिता लगभग असम्भव भएको बताएका छन्।
- इरानले विश्वकपबाट नाम फिर्ता लिएमा फिफाले प्रतिस्थापन टोली छनोट गर्नेछ, तर स्पष्ट प्रक्रिया छैन।
- इराकलाई प्रतिस्थापनका लागि पहिलो विकल्प मानिएको छ भने यूएई र इटालीलाई पनि सम्भावित विकल्पका रूपमा चर्चा गरिएको छ।
२८ फागुन, काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद दोन्यामालीले वर्तमान राजनीतिक अवस्थाका कारण फिफा विश्वमप २०२६ मा इरानको सहभागिता लगभग असम्भव भएको बताएका छन्।
यदि इरानले अन्ततः प्रतियोगिताबाट नाम फिर्ता लिएमा त्यसले विश्वकप आयोजक फिफाका लागि नयाँ चुनौती सिर्जना गर्नेछ।
यसपटक विश्वकप पहिलोपटक ४८ टोलीको ढाँचामा आयोजना हुँदैछ, त्यसैले कुनै टोली बाहिरिएमा त्यसको स्थान कसले लिने भन्ने निर्णय फिफाले गर्नुपर्ने हुन्छ।
नियमअनुसार फिफासँग अर्को टोलीलाई प्रतिस्थापनका रूपमा सहभागी गराउने अधिकार हुन्छ, तर कसरी छनोट गर्ने भन्ने स्पष्ट प्रक्रिया भने छैन।
कसले लिन सक्छ इरानको स्थान ?
इरान बाहिरिएमा सम्भावित प्रतिस्थापन टोलीबारे विभिन्न विकल्पहरू चर्चा भइरहेको छ। इराकलाई इरानको स्थान लिन सबैभन्दा बलियो दाबेदार मानिएको छ। एएफसी छनोटमा राम्रो प्रदर्शन गरेको र अहिले अन्तरमहादेशीय प्लेअफ खेल्ने अवस्थामा भएकाले इराकलाई पहिलो विकल्पका रूपमा हेरिएको छ।
यस्तै यूएई पनि अर्को सम्भावित विकल्प हो। यदि इराक प्लेअफमार्फत विश्वकपमा पुग्यो भने फिफाले अर्को विकल्प खोज्दा एसियाली राष्ट्रमध्येबाटै यूएईलाई स्थान दिन सकिने चर्चा छ।
कतिपय विश्लेषणमा इटालीको नाम पनि आएको छ। यदि फिफाले विश्व वरियता वा अन्य आधार प्रयोग गर्ने निर्णय गरेमा इटालीजस्ता उच्च वरियताका टोलीलाई बोलाउन सकिने अनुमान गरिएको छ।
मन्त्री अहमदको अभिव्यक्तिले इरान विश्वकपमा सहभागी नहुने सम्भावना देखिएको छ । यसबारेमा फिफाको आधिकारिक धारणा भने आउन बाँकी छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट
प्रतिक्रिया 4