+
+
Shares

हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १०:३०
Photo Credit : (AP Photo/Fatima Shbair)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबईमा भएको हवाई आक्रमण सफलतापूर्वक विफल पारिएपछि भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ।
  • यूएईकी राज्यमन्त्री लाना नुसेबेहले इरानको आक्रमणलाई गैरकानुनी र अत्यन्त गम्भीर भनेकी छन्।
  • राज्यमन्त्री नुसेबेहले यूएईलाई आत्मरक्षाको अधिकार रहेको र अमेरिकालाई हवाई क्षेत्र प्रयोग गर्न नदिने स्पष्ट पारेकी छन्।

२९ फागुन, काठमाडौं । दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ।

दुबई मिडिया अफिसले जनाएअनुसार,  यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण क्षेप्यास्त्र वा ड्रोन केबाट भएको थियो भन्नेबारे कार्यालयले खुलाएको छैन।

कतारमा साढे तीन लाखभन्दा बढी नेपाली नागरिक कार्यरत छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) की राज्यमन्त्री लाना नुसेबेहले खाडी देशहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गरेकी छन्।

उनले यी आक्रमणहरूलाई अत्यन्त गम्भीर र गैरकानुनी भएको बताएकी छन् । ‘आक्रमणको स्तर मात्र होइन, इरानले यस द्वन्द्वमा सम्पूर्ण क्षेत्रलाई नै तानेको कुरा झनै चकित पार्ने खालको छ,’ उनले भनिन् ।

उनले यी सबै समस्या समाधानको बाटो कुटनीतिक नै हुनुपर्नेमा जोड दिइन् ।

राज्यमन्त्री नुसेबेहले यूएईलाई आत्मरक्षाको अधिकार रहेको कुरा प्रस्ट पार्दै भनिन्, ‘तर इरानमाथि आक्रमण गर्न अमेरिकालाई यूएईको हवाई क्षेत्र वा जमिन प्रयोग गर्न भने दिइने छैन।’

राज्यमन्त्री नुसेबेहले देशको अर्थतन्त्र बलियो रहेको दाबी गर्दै भनिन्, ‘हाम्रो अर्थतन्त्रले तेल पूर्वाधार र पर्यटन उद्योगमाथि भएका आक्रमणको धक्कालाई सहन सक्छ।’

इरानले गरेका हमलाहरूबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल र केही होटलहरूमा क्षति पुगेको छ ।

ड्रोन र क्षेप्यास्त्र आक्रमणका तस्बिरहरू खिच्न प्रतिबन्ध लगाउने कडा कानुनअन्तर्गत केही व्यक्तिहरू पक्राउ परेका खबरहरूबारे आफूलाई जानकारी रहेको पनि उनले बताइन्।

बीबीसीका अनुसार, यूएईमा हालको यथार्थ अवस्था बाहिर आउन नदिन यो कदम चालिएको भन्ने आरोपहरू लागिरहेका छन्। तर, राज्यमन्त्री नुसेबेहले भने ती खबरहरू गलत भएको दाबी गरेकी छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?