News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको पश्चिम अजरवैजान प्रान्तमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ।
- पक्राउ परेकाहरूले इरानका सैन्य र सुरक्षा निकायहरूको गोप्य विवरण इजरायललाई पठाएको आरोप लागेको छ।
- इरानले देशभरि जासुसी आशंकामा व्यापक धरपकड गरिरहेको छ र आन्तरिक सुरक्षा तनावपूर्ण बनेको छ।
काठमाडौ । इरानको उत्तर-पश्चिमी प्रान्त ‘पश्चिम अजरवैजान’ ट इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ।
इरानी समाचार एजेन्सी ‘तस्निम’ का अनुसार पक्राउ परेका व्यक्तिहरूले इरानका महत्त्वपूर्ण सैन्य र सुरक्षा निकायहरूको गोप्य स्थान र विवरणहरू इजरायललाई पठाउने गरेको आरोप लगाइएको छ ।
प्रान्तीय सरकारी वकिलको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा ती व्यक्तिहरूले देशको सुरक्षा संवेदनशीलतामा आँच पुऱ्याएको उल्लेख गरिएको छ ।
यसैबीच, समाचार एजेन्सी ‘रोयटर्स’ ले गत हप्ता एक रिपोर्ट सार्वजनिक गर्दै इजरायलले इरानमाथि आफ्नो आक्रमणको नयाँ चरण सुरु गरेको जनाएको थियो ।
उक्त रिपोर्ट अनुसार इजरायलले इरानभित्रै रहेका आफ्ना सूचनादाताहरूबाट प्राप्त जानकारीका आधारमा इरानका विभिन्न सुरक्षा चेकपोइन्ट र सैन्य अखडाहरूलाई निशाना बनाइरहेको छ।
इरानले पछिल्ला दिनहरूमा देशभरि नै जासुसीको आशंकामा व्यापक धरपकड गरिरहेको छ, जसका कारण त्यहाँको आन्तरिक सुरक्षा र राजनीतिक अवस्था थप तनावपूर्ण बनेको छ।
प्रतिक्रिया 4