News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई ६ महिनाको प्रोवेसन कारबाही गरेको छ।
- डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नजाँचि शल्यक्रिया गरेपछि बिरामी सुरेश शाहको स्वास्थ्य बिग्रिएको थियो।
- सुरेश शाहको मृत्युपछि परिवारले काउन्सिलमा उजुरी दर्ता गरेको थियो र त्यसको आधारमा कारबाही गरिएको हो।
१ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ ।
काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई प्रोवेसन अर्थात अरू डाक्टरको मुनि रहेर काम गर्ने गरी कारबाही गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवका अनुसार डा. गुप्तालाई ६ महिनाको कारबाही गरिएको छ ।
‘शल्यक्रियामा संलग्न चिकित्सकसँग गरिएको प्रत्यक्ष बयान र विषय विज्ञको आधारमा काउन्सिलको पूर्ण बैठकले डा. गुप्तालाई ६ महिनाको कारबाही गरेको छ,’ डा. देवले अनलाइनखबरसँग भने ।
घटना के थियो ?
बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीमा रोग लागेको थाहा पाएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा पुगेका थिए । तर उक्त अस्पतालमा कार्यरत डा. मनोजकुमार गुप्ताले पित्तथैलीको रिपोर्ट नभएपछि शल्यक्रियाको तयार रहन भनेका थिए । सोही दिन डा. गुप्ताले शल्यक्रिया गरी पित्तथैली निकालेर जाँचका लागि पठाएको बताएका थिए । तर रिपोर्ट भने दिएनन् । सुरेशको स्वास्थ्य अवस्था ब्रिगँदै गएपछि परिवारले अन्य अस्पतालमा पुर्याए । परीक्षणका क्रममा डा. गुप्ताले पित्तथैलीको चेकजाँच नै नगरी शल्यक्रिया गरिएकोले भित्री अंगमा क्यान्सर फैलिएको त्यहाँको चिकित्सकले जानकारी दिए ।
उपचारको क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भयो । प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारले २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो । सोही उजुरी उपर काउन्सिलले संलग्न चिकित्सकसँग गरिएको प्रत्यक्ष बयान र विषय विज्ञको आधारमा काउन्सिलले कारबाही गरेको हो ।
प्रतिक्रिया 4