+
+
Shares

नेपाली छोटो फिल्म ‘टेस्ट अफ वाटर’ जर्मनीको ‘ओबरहाउजन’ फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली छोटो फिल्म 'टेस्ट अफ वाटर' जर्मनीको ७२औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल ओबरहाउजनमा 'चिल्ड्रेन एण्ड यूथ कम्पिटिसन' अन्तर्गत छनोट भएको छ।
  • फिल्मले नौ वर्षका बालक बिरेको कथा प्रस्तुत गर्छ, जसले हाते धारा पानीको मिठास अनुभव गरी जोखिम मोल्दै आशाको खोज गर्छ।
  • फेस्टिभल अप्रिल २८ देखि मे ३, २०२६ सम्म जर्मनीमा आयोजना हुनेछ र निर्माता ज्योत्सल राजभण्डारीले यो अवसरलाई गौरवको विषय भनेका छन्।

काठमाडौं । रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो फिल्म ‘टेस्ट अफ वाटर’ जर्मनीमा आयोजना हुने प्रतिष्ठित ७२औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल ओबरहाउजनमा छनोट भएको छ ।

विश्वभरका सशक्त र सिर्जनात्मक फिल्म प्रस्तुत हुने यो महोत्सवलाई छोटो फिल्म क्षेत्रको महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । उक्त फिल्म ‘चिल्ड्रेन एण्ड यूथ कम्पिटिसन’ अन्तर्गत आधिकारिक छनोटमा परेको हो । यस विधामा विभिन्न पुस्ता र संस्कृतिलाई छुने प्रभावशाली कथा प्रस्तुत गरिन्छ ।

यो छनोटसँगै नेपाली कथा, संस्कृति र सिर्जनात्मक पहिचानलाई विश्व मञ्चमा पुर्‍याउने अवसर मिलेको निर्माण टिमले जनाएको छ । यसलाई नेपाली सिनेमाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

यो फिल्मका लेखक तथा निर्देशक आयन परियार हुन् । निर्माता दिवस श्रेष्ठ, ज्योत्सल राजभण्डारी र प्रेमप्रसाद अधिकारी छन् । छायांकन शरद महतोले गरेका हुन् ।

फिल्मको कथा नौ वर्षका बालक बिरेको वरिपरि घुम्छ । अभाव र कठिनाइले भरिएको परिवारमा हुर्किरहेको बिरेले एकदिन अपरिचित व्यक्तिको हाते धारा (ह्यान्ड पम्प) बाट पानी पिउँदा पहिले कहिल्यै नचाखेको मिठास र शुद्धता अनुभव गर्छ । त्यसपछि त्यो पानीको स्वादले तानिएर ऊ लुकी-लुकी फेरि त्यहाँ पुग्न थाल्छ । सानो आशा जस्तो लाग्ने त्यो पानीका लागि उसले जोखिम समेत मोल्छ ।

बिरेको यही सानो तर दृढ यात्रामार्फत फिल्मले गरिबीको मौन संघर्ष, बाल्यकालको निर्दोषता र कठोर यथार्थबीच साना चमत्कारको खोजलाई प्रस्तुत गरेको छ ।

यो महोत्सव आगामी अप्रिल २८ देखि मे ३, २०२६ सम्म जर्मनीमा आयोजना हुनेछ । नेपाली झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउनु आफूहरूका लागि गौरवको विषय भएको निर्माता राजभण्डारीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?