+
+
Shares

सिरहामा कुटपिट घटना : ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सुरेश राय सुरेश राय
२०८२ चैत ९ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा मोटरसाइकल मर्मतको बिल भुक्तानी विवादपछि भएको कुटपिटमा संलग्न ६ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर भएको छ।
  • सिरहा प्रहरीले २५ वर्षीय आरिफ मियाँलाई नियन्त्रणमा लिएको र अन्य ५ फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको जनाएको छ।
  • कुटपिटमा सलमान पक्षका ४ र हासिम पक्षका २ जना घाइते भएका थिए, एक जनाको उपचार जारी छ भने अन्य घर फर्किसकेका छन्।

९ चैत, सिरहा । सिरहामा मोटरसाइकल मर्मतको बिल भुक्तानी विषयमा विवादपछि भएको कुटपिटमा संलग्न ६ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर भएको छ ।

सिरहा नगरपालिका-१२ का २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय  हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफाली विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर भएको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

पालका अनुसार आरिफ प्रहरीको नियन्त्रणमा रहेको र अन्य फरार व्यक्तिहरूको खोजीकार्य जारी छ । मुद्दा दायर भएका व्यक्तिहरू सबै एकै वडाका हुन् ।

सिरहा नगरपालिका–१२ सारर्श्वरमा ६ चैतमा स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानी विपयमा विवाद भएको थियो । विवाद कुटाकुटसम्मको अवस्थामा पुगेको थियो ।

कुटपिटमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक जनाको उपचार चलिरहेको छ भने अन्य व्यक्तिहरू प्रादेशिक अस्पताल सिरहाबाट उपचार गराएर घर फर्किसकेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?