News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लाको तिला गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थान हुँदा दैनिक कामकाज प्रभावित भएको छ।
- गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले मन्त्रालयसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन पत्र पठाएपनि सुनुवाइ नभएको बताए।
- सरुवा भएर गएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको स्थानमा नयाँ कर्मचारी नपठाउँदा फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन।
१० चैत, जुम्ला । जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।
सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
प्रशासकीय अधिकृत नहुँदा कतिपय सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका काम ठप्प छन् । सम्बन्धित मन्त्रालयसँग प्रशासकीय अधिकृत पठाइदिन गाउँपालिकादेखि पत्र पठाएपनि सुनुवाइ नभएको गुनासो छ ।
नयाँ सरकार गठन भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउने भनी मन्त्रालयबाट जवाफ पाएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई गत माघको दोस्रो साता सरुवा भएका थिए ।
प्रमुख प्रशासकीय नहुँदा फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन ।
प्रतिक्रिया 4