+
+
Shares

२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि

सुरक्षा निकायबाट बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र धातुको गोली चल्नु सरकारी पक्षको त्रुटि भएको आयोगको ठहर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगले २३ भदौमा संसद् बाहिर भएको घटनामा राज्यबाट त्रुटि भएको प्रतिवेदन बुझाएको छ।
  • आयोगले सुरक्षा निकायले बन्दुक र धातुको गोली प्रयोग गरी प्रभावकारी चेतावनी नदिएको र नरम उपाय अवलम्बन नगरेको उल्लेख गरेको छ।
  • आयोगले मानवअधिकार उल्लंघन भएको ठहर गर्दै प्रहरीले गम्भीर हतियार प्रयोग गरी विधि र प्रक्रिया नअपनाएको प्रतिवेदनमा उल्लेख गरेको छ।

११ चैत, काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगले जेनजी आन्दोलनको क्रममा पहिलो दिन (२३ भदौ) संसद् बाहिर भएको त्रुटि औंल्याएको छ ।

२३ भदौमा संसद् परिसर वरपर भएको घटनामा राज्यबाट त्रुटि भएको उल्लेख गर्दै प्रतिवेदन बुझाइएको छ । सुरक्षा निकायबाट बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र धातुको गोली चल्नु सरकारी पक्षको त्रुटि भएको आयोगको ठहर छ ।

हतियार प्रयोग हुनुअघि सबैले सुन्ने गरी प्रभावकारी रूपमा चेतावनी नदिएर सुरक्षाकर्मीले गोली चलाएको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनकारीलाई तितरबितर पार्ने क्रममा नरम उपायहरू अवलम्बन नगरिएको प्रतिवेदनमा सरकारी कमजोरी औंल्याइएको छ ।

पानीको फोहरा, लाठी, ब्यारिकेड, हवाई फायर, वार्ता आदि लगायतमा पर्याप्त मात्रामा अपनाउने कार्य नभएको प्रतिवेदनमा उल्लेख गरेको छ । राज्यद्वारा मानवाधिकार प्रतिको उत्तरदायित्वको उल्लंघन भएको आयोगको ठहर छ ।

प्रदर्शनकारी अपवाद बाहेक निशस्त्र भएको जनाएको आयोगले प्रहरीले गम्भीर हतियार प्रयोग गरेर गोली चलाएको प्रतिवेदनमा उल्लेख छ । हतियारधारीले पालना गर्नुपर्ने विधि र प्रक्रिया नअपनाएर मानवअधिकार उल्लंघन गरिएको आयोगको ठहर छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?