+

एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले भने- झापा निर्वाचनमा भाग लिन जाँदैनौं

२०८२ चैत  १२ गते १५:०८ २०८२ चैत १२ गते १५:०८
एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले भने- झापा निर्वाचनमा भाग लिन जाँदैनौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीर्घ केसीले राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेपछि एन्फा निर्वाचनमा भाग नलिने निर्णय गरेको बताए।
  • केसीले निर्वाचन स्थलबारे उम्मेदवारलाई पनि जानकारी नभएको र निर्वाचन फिफा एएफसीलाई खुशी पार्न मात्र भएको दावी गरे।
  • पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले सरकारको निर्णय विरुद्ध जान नहुने भन्दै निर्वाचनमा सहभागी नहुने बताए।

१२ चैत, काठमाडौं । एन्फा निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका दीर्घ केसी (कुमार) ले राष्ट्रिय खेलकुद परिषद्‍ले निलम्बन गरेको एन्फा निर्वाचन भाग लिन आफुहरू झापा नजाने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपश्चात अखिल नेपाल फुटबल संघको साधारण सभा एंव अग्रिम निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केसीले निर्वाचनमा भाग नलिने बताएका हुन् ।

‘राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको अवस्थामा हामी झापामा हुने निर्वाचनमा भाग लिन नजाने निर्णय गरेका छौं’ उनले पत्रकार सम्मेलनमा भने ।

निर्वाचनको अघिल्लो दिनसम्म आफुलगायत उम्मेदवनरहरुलाई समेत निर्वाचन हुने स्थानाबरे जानकारी नभएको केसीले बताए । ‘उम्मेदवारी दिनेलाई नै निर्वाचन कहाँ हुने थाहा छैन,’ उनले भने ।

उनले आफ्नो प्यानल पक्षहरुको उम्मेदवारहरुको प्रतिनिधित्व गर्दै आफ्नो भनाई राखेका हुन् । यस्तै केसीले यो निर्वाचन फिफा एएफसीलाई खुशी पार्न मात्र गरेको दावी गरे ।

‘अब आउँदै गरेको फिफा र एएफसीको निर्वाचनका लागि नेपालको प्रतिनिधि भाग लिनका लागि मात्र यो निर्वाचन हुन लागेको जस्तो लागेको छ । त्यसैले हामी यो निर्वाचनमा भाग लिदैनौं,’ उनले भने ।

केसीले नयाँ कार्यसमिति निर्वाचन भएर आएको पहिलो कार्यसमिति बैठकदेखि नि आफूले विधान अनुसार काम गर्न भनेपछि त्यस्तो नभएपपछि सुरुदेखि नै नेपाली फुटबल केही हुँदैन भन्ने लागेको पनि बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्यका उम्मेदवारहरू पनि उपस्थित छन् ।

‘सरकारको निर्णय विरुद्ध जान मिल्दैन भनेर हामी निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो’ हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फा पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले ।

एन्फा निर्वाचन एन्फा निर्वाचन विवाद दीर्घ केसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय