+
+
Shares

ओलीको टिप्पणी- निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय

‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १५:४८

१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’

निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको ओलीले बताए । ‘यसमा एउटा हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे,’ ओलीले भने ।

घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको पनि ओलीले दाबी गरे ।

एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए । ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने, ‘हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?