१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् ।
‘आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभारकारी कदमहरू चालिएको छैन,’ ओलीले भने, ‘राष्ट्रहरूको अस्तित्व संकटमा छन् । सार्वभौम संकट धेरैलाई परेको छ । त्रसित मनस्थितिमा थुप्रै देशहरू बाँच्नु परेको छ । विश्व शान्तिको भरपर्दो प्रयास भइरहेका छैनन् ।’
यस्तै अहिले भइरहेका प्रयास आवश्यक र प्रभावकारी मान्न नसकिने उनले बताए । उनले अगाडि भने, ‘यस्तो अवस्थामा विश्व्यापी रुपमा हामी छौँ, निष्ठाको राजनीति, एउटा मानवताका लागि राजनीति, न्यायको, सत्यको, अग्रगमनको राजनीति, शान्तिको राजनीति हामीले गरिरहेका छौं ।’
नेपाललाई पनि अहिलेको राजनीति सहज नभएको उनले बताए । ‘तर हामी गरिरहेका छौँ,’ ओलीले भने ।
प्रतिक्रिया 4