+
+
Shares

सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारेख

तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १७:१०

१२ चैत, काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।

तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।

त्यही मुद्दाको तारेखका क्रममा शाह सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका हुन् । अब उनको मुद्दा १४ जेठका लागि तारेख तोकिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?