+
+
Shares

आज रामनवमी, देशभर सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते ६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
  • सरकारले रामनवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।
  • जनकपुरस्थित रामजानकी मन्दिरमा पूजा गर्नेहरुको घुइँचो छ र धार्मिक विश्वासअनुसार उपवास गरी पूजा गर्दा सुख शान्ति मिल्ने बताइन्छ।

१३ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।

रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

रामनवमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबैमा शुभकामना दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?