+
+
Shares

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता : मिथिला आर्टदेखि सिलाम साक्मा

मिथिला संस्कृति झक्लिने ‘मिथिला आर्ट’ र किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ ले नेपालको सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकतामा विविधताको सन्देश दिन खोजिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १३ चैतमा राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
  • शपथ ग्रहण समारोहमा १०८ हिन्दू बटुक र १०७ बौद्ध भिक्षुले परम्परागत पाठ गरेका थिए भने सात ब्राह्मणले शंखनाद गरेका थिए।
  • बालेनले २१ फागुनमा झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरे ।

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोह भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोह नेपालको इतिहासमा विशेष र स्मरणीय रह्यो ।

नवनियुक्त प्रधानमन्त्रीको शपथका लागि १–२–३–४ को विशेष संयोगमा अर्थात दिउँसो १२ः३४ बजेका लागि मुहूर्त तय गरिएको थियो । यो समयलाई अत्यन्त शुभ मानिएको छ ।

शपथ ग्रहण समारोहलाई परम्परागत र सांस्कृतिक बनाइएको थियो । शपथ ग्रहण अघि १०८ जना हिन्दू बटुकहरूले स्वस्ति वाचन गरेका थिए । यस्तै बौद्ध परम्पराअनुसार १०७ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए ।

 

समारोहमा सात जना ब्राह्मणहरूले शंखनाद गरेका थिए । शंखको शुभ ध्वनिले समारोह स्थल गुञ्जाएमान बनेको थियो । जसले वातावरणलाई अझ पवित्र र ऊर्जावान बनाएको थियो ।

शपथ ग्रहण समारोहलाई बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व दिने गरी विशेष बनाइएको थियो । समारोह स्थलमा मिथिला संस्कृति र किराती संस्कृति झल्काउने दुई प्रमुख सांस्कृतिक प्रतीकहरू राखिएका ।

मिथिला संस्कृति झक्लिने ‘मिथिला आर्ट’ र किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ ले नेपालको सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकतामा विविधताको सन्देश दिन खोजिएको थियो ।

सपथ ग्रहण समारोहमा भगवान शिव र पार्वतीको भेषमा दुई जना (महिला–पुरूष) पनि देखिन्थे । हिन्दू धर्ममा भगवान शिव र माता पार्वतीलाई अत्यन्त महत्वपूर्ण र प्रिय आराध्य देव मानिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ लिँदा बालेन गम्भीर र आत्मविश्वासपूर्ण देखिएका थिए ।

शपथ ग्रहण समारोह परम्परागत शैलीमा आयोजना गरिएका कारण गरीमामय देखिन्थ्यो । राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरू, उच्च पदाधिकारीहरू, निवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगै र समर्थकहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री शाहको शपथ ग्रहणलाई नेपालको नयाँ राजनीतिक युगको सुरुवातका रूपमा हेरिएको छ । र्‍यापरबाट राजनीतिमा आएका बालेनको जितलाई जेनजी पुस्ताको जागरण र उक्त पुस्ताले चाहेको परिवर्तनका रूमा लिइएको छ ।

३६ वर्षीय बालेन २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले हराउँदै झापा–५ बाट संसदीय यात्राको ढोका खोल्न सफल भएका थिए ।

निर्वाचन अल्ड्नअघि उनी काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) थिए । मेयरबाट राजीनामा दिएर उनी रास्वपाको वरिष्ठ नेता बनेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई २३ हजार ४२६ मतले हराउँदै मेयरमा निर्वाचित भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?