+
+
Shares

गगनले दिए बालेनलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।
  • सभापति थापाले सरकारका सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग रहने उल्लेख गरेका छन्।

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।

पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।

‘नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सभापति थापाले भनेका छन् ।

देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उनले उल्लेख गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?