+
+
Shares

बालेनलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको बधाई

एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:४४

१३ चैत, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । शुक्रबार एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् ।

‘नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकतर्फी जितपछि यो पद सम्हाल्नुभएको छ,’ शरिफले भनेका छन् ।

पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च मूल्यांकनका साथ हेर्ने उनले बताएका छन् । ‘द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन सम्माननीयसँग नजिकबाट काम गर्न उत्सुक रहेको छ,’ शरिफले अगाडि लेखेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?