+
+
Shares

बालेनलाई कार्कीले भनिन्- जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:५०

१३ चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई ज्ञापन गरेकी छिन् । उनले बधाई दिँदै युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा हर्षित बनाएको बताएकी छिन् ।

‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस् भन्दै कार्कीले शुभकामना पनि दिएकी छिन् ।

‘जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् । अपार शुभकामना,’ उनले भनेकी छिन् ।

कार्कीले राष्ट्रपति कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रमपछि बालेनलाई कुर्सी जिम्मा लगाएकी थिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?