News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक समृद्धिलाई अघि बढाउने गरी काम गर्ने बताएका छन्।
- मन्त्री खनालले कन्सुलर सेवा विभागका सेवाहरू डिजिटलाइज गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
- उनले मध्यपूर्वको द्वन्द्वका कारण नेपाललाई पर्न सक्ने असरप्रति सजक रहँदै आवश्यक कदम चालिने बताए।
१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक समृद्धिलाई अघि बढाउनेगरी काम गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री खनालले सुशासनको पक्षमा, सेवा प्रवाह गर्ने विषयलाई बढी प्राथमिकता दिएर मुलुकलाई अघि बढाउन ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
कन्सुलर सेवा विभागबाट दिईने सेवालाई डिजिटलाइज गर्ने निर्णय आफुले गरेको उनले जानकारी दिए । सहज ढंगले प्रविधिमार्फत सरकारी निकायमा नपुगी सेवा प्राप्त गर्न सक्ने गरि व्यवस्था गरिने उनको भनाइ थियो ।
मन्त्री खनालले आर्थिक समृद्धि अन्तर्गत अर्थ कूटनीति, आर्थिक कूटनीतिमा अलि बढी ध्यान जाने पनि बताए ।
परराष्ट्र नीति कस्तो हुने भन्ने बिषय संविधानमा नै स्पष्ट रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता उनले जनाए ।
उनले मध्यपूर्वको द्वन्द्वका कारण नेपाललाई पर्न सक्ने असरप्रति सजक रहदै आवश्यक कदम चालिने पनि बताए । साथै, उनले इन्धनको मूल्य र त्यसबाट पर्न सक्ने असरबारे समेत अध्ययन भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4