+
+
Shares

संखुवासभा अस्पतालमा डायलाइसिस सेवा सुरु

संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक पाँच शैय्याबाट डायलाइसिस सेवा सुरु गरिएको छ।
  • डायलाइसिस सेवा खाँदबारी नगरपालिका-९ की ४८ वर्षीया सशु कुमारी श्रेष्ठलाई प्रदान गरिएको छ।
  • खाँदबारी नगरपालिकाले ५ लाख र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

१३ चैत, संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ ।

जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई नि:शुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको हो । जिल्ला अस्पताल संखुवासभाले पाँच शैय्याबाट पहिलो पटक डायलाइसिस सेवा सुरु गरेको जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यले बताए ।

जिल्ला अस्पतालमा पहिलो पटक खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराकी ४८ वर्षीया सशु कुमारी श्रेष्ठको डायलाइसिस सेवा प्रदान गरिएको जिल्ला अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोश देवले बताए ।

उनी यसअघि नोवेल अस्पताल विराटनगरमा डायलाइसिस गराउँदै आएकी थिइन्  ।

जिल्ला अस्पतालमा डायलाइसिस सेवा नहुँदा मिर्गौलासम्बन्धी बिरामीलाई डायलासिसका लागि विराटनगर, धरान  र काठमाडौँ जानुपर्ने बाध्यता थियो । यससँगै मिर्गौला रोगबाट पीडित बिरामीहरूले अब जिल्लामै उपचार सेवा पाउने भएका छन् ।

नयाँ सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । डायलाइसिस सेवाका लागि ३ जना तालिम प्राप्त चिचित्सक,४ जना तालिम प्राप्त नर्स र एक जना टेक्निसियन राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

डायलाइसिस सेवा सञ्चालनका लागि खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?