News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय अदालतले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकलाई ट्रम्प प्रशासनको 'सुरक्षा जोखिम' सूचीबाट हटाउन आदेश दिएको छ।
- न्यायाधीश रिटा एफ लिनले सरकारको कदमलाई अभिव्यक्ति स्वतन्त्रता उल्लंघन भएको र कम्पनीलाई धराशयी बनाउने प्रयास भएको बताउनुभयो।
- एन्थ्रोपिकले पेन्टागनसँग विवादपछि ट्रम्प प्रशासनले कम्पनीलाई 'सप्लाई चेन रिस्क' घोषणा गरेको थियो र सीईओ डारियो अमोडेईले सहकार्य गर्न तयार रहेको बताउनुभयो।
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ‘एन्थ्रोपिक’ र ट्रम्प प्रशासनबीच जारी कानुनी लडाइँमा संघीय अदालतले कम्पनीको पक्षमा फैसला सुनाएको छ।
क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश रिटा एफ लिनले बिहीबार ट्रम्प प्रशासनलाई एन्थ्रोपिकलाई ‘सुरक्षा जोखिम’ को सूचीबाट हटाउन र संघीय एजेन्सीहरूलाई उक्त कम्पनीसँगको सम्बन्ध तोड्न दिइएको आदेश फिर्ता लिन निर्देशन दिएकी छन् ।
न्यायाधीश लिनले सरकारको कदम एन्थ्रोपिकलाई धराशयी बनाउने प्रयास जस्तो देखिएको र यसले कम्पनीको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको टिप्पणी गरेकी छन्।
एन्थ्रोपिकले आफ्ना एआई मोडेलहरूलाई स्वायत्त हतियार प्रणाली वा सामूहिक निगरानीमा प्रयोग गर्न प्रतिबन्ध लगाउन खोजेपछि पेन्टागनसँग विवाद सुरु भएको थियो।
बदलास्वरूप ट्रम्प प्रशासनले कम्पनीलाई ‘सप्लाई चेन रिस्क’ घोषणा गरेको थियो, जुन सामान्यतया विदेशी शत्रु राष्ट्रहरूका लागि मात्र प्रयोग गरिन्छ।
अदालतको यो आदेशपछि एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले खुसी व्यक्त गर्दै आफूहरू सरकारसँग सुरक्षित र भरपर्दो एआई विकासमा सहकार्य गर्न तयार रहेको बताएका छन्।
प्रतिक्रिया 4