+
+
Shares

ओलीको गिरफ्तारीपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ।
  • उपाध्यक्ष विष्णु पौडेलले राजनीतिक दलहरूसँग संवाद, रामबहादुर थापाले संसदीय दलहरूसँग संवाद संयोजन गर्ने जिम्मेवारी पाएका छन्।
  • एमालेले जेनजी आन्दोलनमा दमनको छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न माग गरेको छ।

१४ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने  जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।

संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओली र लेखकलाई आज पक्राउ गरेको छ । लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो ।

महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रही, गैरकानुनी भएको बताए ।

नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?