+
+
Shares

सिंहदरबार क्षेत्र आसपास सुरक्षा ‘हाइ अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी

प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १६:२१

१४ चैत, काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ ।

प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?